नेपाल सरकारका जिल्ला स्थित कार्यालयहरूलाई रकम निकासा गर्ने, आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन उपलब्ध गराउने तथा विनियोजन,राजश्व र धरौटीको एकीकृत वित्तीय विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने उद्देश्यले आय-व्यय सञ्चालन कार्यविधि नियमावली,२०३८ बमोजिम वि.सं. २०३८ साउन १ देखि महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिका रूपमा जिल्ला स्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको स्थापना गरिएको हो। सोही क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय, जुम्ला वि.सं. २०३८ सालमा स्थापना भएको हो।

प्रारम्भमा चौमासिक निकासा, मासिक शोधभर्ना निकासा लगायतका प्रणालीमार्फत बजेट कार्य हुँदै आएकोमा सूचना प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै सरकारको वित्तीय खर्च तथा नगद व्यवस्थापनलाई रियल टाइममा आधारित, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने तथा वित्तीय जोखिम न्यूनीकरण गर्ने उद्देश्यले वि.सं. २०६६ माघ १ गतेदेखि एकल खाता कोष प्रणाली (Treasury Single Account-TSA) लागू गरिएको हो। उक्त प्रणाली प्रारम्भमा कोष तथा लेखा नियन्त्रक कार्यालय, भक्तपुरबाट पाइलटिङका रूपमा कार्यान्वयन भई चरणबद्ध रूपमा देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूमा लागू गरिएको हो।

वित्तीय व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन महालेखा नियन्त्रक कार्यालयले आधुनिक सूचना प्रविधिमा आधारित विभिन्न प्रणालीहरू एकीकृत रूपमा देशभर लागू गर्दै आएको छ। जिल्ला स्थित महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिका रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयले सरकारी कार्यालयहरूको बजेट निकासा, वित्तीय नियन्त्रण तथा व्यवस्थापनमा आवश्यक समन्वय र सहयोग गर्दै आएको छ।

यस कार्यालयले जिल्ला स्थित सरकारी कार्यालयहरूको वित्तीय नियन्त्रण, आन्तरिक लेखापरीक्षण, सुझावसहितको प्रतिवेदन जारी गर्ने तथा विनियोजन, राजश्व, कार्यसञ्चालन कोष तथा अन्य कोषहरूको एकिकृत वित्तीय विवरण तयार गरी पेश गर्ने लगायत प्रचलित कानून बमोजिम तोकिएका कार्यहरू सम्पादन गर्दै आएको छ।

The District Treasury Controller Office (DTCO) was established at the district level as a representarive of the office of the Financial Comptroller General, in accordance with the Income and Expenditure Operation Procedure Regulation, 2038. The primary objectives of these offices include releasing funds to district-level government offices, conducting internal audits and providing audit reports, and preparing consolidated statements of appropriation, revenue, and deposits for submission to the Office of the Financial Comptroller General. In this context, the District Treasury Controller Office, Jumla was established in 2038 B.S.

Initially, budget releases were carried out through systems such as quarterly fund teleases and mothly advances and reimbursements. With the advancement of information technology, and in order to make government financial expenditure and cash management real-time based, economical, transparent, and effective, as well as to redue financial risk and upgrade the government treasury system to international standards, the Treasury Single Account (TSA) system was introduced. This system was piloted from 1st Maagh 2066 B.S. through the District Treasury Controller Office, Bhaktapur, and was subsequently implemented in a phased manner across all District Treasury Controller Office nationwide.

To further strengthen the financial management system, the Office of the Financial Comptroller General has been expanding the use of various modern, ICT based systems and implementing them in an integrated manner throughout the country. As the district-level representative of the Office of the Financial Comptroller General, the District Treasury Controller Office provides coordination and support in financial management activities, including fund release and payments for government offices.

The office performs functions within its legal mandate, including financial control, internal audit of district-level government offices, issuance of audit reports with recommendations, and preparation and submission of consolidated financial statements covering appropriation, revenue, deposits, operating funds, ant other government funds, in accordance with prevailing laws and regulations.